भारतको उद्धार विमानमार्फत इजरायलबाट दिल्ली आइपुगे १८ नेपाली – Nepalboli

भारतको उद्धार विमानमार्फत इजरायलबाट दिल्ली आइपुगे १८ नेपाली

   २०८० कार्तिक १, बुधबार  

युद्धग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन् । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएका हुन्।

उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी पनि राजदूत शर्माले दिएका छन्।

नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै