खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसी बोका बेच्दै – Nepalboli

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसी बोका बेच्दै

   २०८० आश्विन २९, सोमबार  

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँका लागि खसी बोका बेच्दै छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वास्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दै छ ।

कलङ्की खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दह चोक, मूल पानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै