सरकार र स्थानीय तहका कर्मचारी बिच १९ बुँदे सहमति – Nepalboli

सरकार र स्थानीय तहका कर्मचारी बिच १९ बुँदे सहमति

   २०८० आश्विन २८, आईतवार  

विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सहकारी पक्षबीच सहमति भएको छ। सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित सम्बाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो।

सहमति पत्रमा मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन्।

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै