युद्धग्रस्त इजरायलबाट फर्किए २५४ जना नेपाली

युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरुको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट शुक्रवार बिहान २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर विविार विहान इजरायल गएका थिए ।
नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुार गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’
मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’
नेपाली लिएर उडेको जहाज आज बिहान ३ बजे विमानस्थल अवतरण गरेको हो। विमानस्थलमा युद्धग्रस्त क्षेत्रबाट जोगिएर स्वदेश फर्किएकाहरुको आफन्त हिजैदेखि कुरेर बसेका थिए।विमानस्थलमा आफन्तसँग भेट्दा धेरैले आशु लुकाउन सकेका थिएनन्। सँगै घर फर्किन पाउँदाको खुशी पनि उनीहरूको अनुहारमा झल्किएको थियो।
प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एअरलाइन्सको जहाज पठाएको थियो। सोही जहाजबाट उनीहरू दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल अवतरण गरेका हुन्।