काठमाडौमा लुटपाट गर्ने तीन जना पक्राउ – Nepalboli

काठमाडौमा लुटपाट गर्ने तीन जना पक्राउ

   २०८० आश्विन २५, बिहीबार  

काठमाडौमा प्रहरीले विहिवार तैन जना लुटेरालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा अमर घलान, जितेन लामा र सन्त लामा छन ।  पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड गोली समेत प्रहार गरेको जनाएको छ । जसबाट सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय घलानको खुट्टामा लागेर घाइते भए। उनको दाहिने खुट्टाको तिघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ पर्नेमा अन्य दुई जनामा सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा छन्। उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद गरेको छ।

यो लुटेरा समुहका तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसार यस लुटेरा समूहका प्रमुख व्यक्ति अमर घलान नै हुन्। उनकै नेतृत्वमा काठमाडौं उपत्यकामा लुटपाटका घटनाहरू हुने गरेका छन्।

घलान यसअघि ज्यान मार्ने उद्योग कसुरमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। अन्य अपराधमा पनि संलग्न भएको प्रहरीको भनाइ छ। त्यस्तै, सन्त लामा पनि ज्यान मार्ने उद्योगका फरार प्रतिवादी नै हुन्।

यो समूहले काठमाडौंमा सुन, डलर, अवैध नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ‘लुटेरा समूह’ माथि गोली चलाएर पक्राउ गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै