कुन देशमा कति बजे लगाउने दशै टीका ! – Nepalboli

कुन देशमा कति बजे लगाउने दशै टीका !

   २०८० आश्विन २३, मंगलवार  

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहेकका अन्य विभिन्न देशका लागी पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले धेरै नेपालीको बसोबास रहेको विश्वका ३० वटा देशमा टीका लगाउने समय निर्धारण गरेको हो ।

धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा उनिहरुको माग बमोजिम टीकाको साइत तयार पारिएको समितिका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले जानकारी दिए । समितिका अनुसार अमेरिका, क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ । अमेरिकाको न्युयोर्कमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११ः३१ मिनेटमा, टेक्सासमा ११ः०३ मिनेटमा, वासिङ्गटन डिसीमा १०ः५३ मिनेट र क्यालिफोर्नियामा १०ः३१ मा टीकाको शुभसाइत रहेको छ । यसैगरी क्यानडाको टोरोन्टोमा ११ः१७ मिनेटमा र भ्यानकुभरमा ११ः३५ मिनेटमा टीकाको शुभ साइत रहेको समितिले जनाएको छ ।

भारत, जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्वीटजरल्याण्डलगायतको देशमा २४ तारिखमा टीका लगाइनेछ । जसमध्‍ये भारतको दिल्लीमा १०ः५५ मा, जापानको टोकियोमा १०ः४५ , अस्ट्रेलियाको सिड्नी ११ः१५मा, मेलबर्नमा ११ः३५, ब्रिसवेनमा १०ः२५ मा र क्यानबेरामा ११ः२१ मा टीकाको शुभ साइत रहेको छ ।

यस्तै न्‍यूजिल्याण्डको वेलिङ्गटनमा ११ः२१ मा, पोर्चुगलको लिस्बनमा ११ः२३ मा, बेलायतको लण्डनमा ११ः३१ मा, फ्रान्सको पेरिसमा ११ः२५ मा, नर्वेको ओस्लोमा ११ः३५ , मलेसियाको क्वालालम्पुरमा ११ः१५ मा, युएईको अबुधाबीमा ११ः०५ मा, कतारको दोहामा ९ः५९ मा, थाइल्याण्डको बैंककमा १०ः३९ मा, दक्षिण कोरियाको सिओलमा ११ः३१ मा, यस्तै, इजरायलको तेल अविवमा ९ः२५ मा, सिंगापुरमा ११ः५ मिनेटमा, साउदी अरेबियामा ९ः११ मा, म्यानमारको याङ्गुनमा १०ः३१ मा र स्वीटजरल्याण्डको जेनेभामा ११ः५५ मा टीकाको शुभ साइत रहेको समितिले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै