इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार सुरु

युद्धरत इजरायलमा रहेका नेपालीहरूको उद्धार सुरु गरिएको छ । हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपालीहरू बंकरमा रहेका थिए।
आफूहरूलाई सुरक्षित स्थानमा सारिएको विद्यार्थी लुइस रिजालले बताए। उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूहरुको उद्धार भएकाले चिन्ता नलिन आग्रह गरेका छन्।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारका लागि हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ। इजरायल सरकार र दूतावाससँग समन्वय गरी नेपालीहरूको उद्वार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।