राष्ट्रपति कार्यालय अगाडि मानवअधिकार तथा शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएको विरोधमा समाजले आज (सोमबार) दिउँसो १ बजेदेखि राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो।
‘संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न लगायत विषयमा केन्द्रित रहि’ विरोध प्रदर्शन सुरु गरेको समाजका सभापति रामकृष्ण बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरुको सहभागिता छ। समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रहि देशव्यापी अभियान सुरु गरेको जनाएको छ।