नेपालबाट बाहिरिन थाल्यो मनसुन
नेपाल बोली
२० आश्विन २०८०, शनिबार
असोजको दोस्रो सातापछि नेपालबाट मनसुन बाहिरिन थालेको छ। शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो। सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी बाहिरिन थालेको हो।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ तारिख हो । नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पनि पश्चिम क्षेत्रबाट सुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिन्छ । अबको मौसम भने पारिलो हुने।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै