नेपालगञ्जमा शनिबार पनि निषेधाज्ञा जारी – Nepalboli

नेपालगञ्जमा शनिबार पनि निषेधाज्ञा जारी

   २०८० आश्विन २०, शनिबार  

धार्मिक तथा सामाजिक सद्भाव बिथोलिने संकेत देखिएको बाँकेको नेपालगञ्जमा शनिबार पनि निषेधाज्ञा जारी राखिएको छ। सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण निषेधाज्ञा जारी राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिएका छन्।

बिहीबार रातिदेखि जारी गरिएको कर्फ्यू आदेश भने शुक्रबार बिहानदेखि हटाइएको थियो। यद्यपि, शनिबार राति ८ बजेदेखि आइतबार बिहान ६ बजे सम्मलाई कर्फ्यू आदेश जारी हुने सूचनामा उल्लेख छ।

पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले असोज १६ गतेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। यस बीचमा धार्मिक तथा सामाजिक सद्‌भाव कायम राख्न भन्दै दुवै समुदायका अगुवाले सद्भाव र्‍याली तथा बैठकहरु समेत आयोजना गरेका थिए।

निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँङ्गा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै