सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
नेपाल बोली
१९ आश्विन २०८०, शुक्रबार
जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले पक्राउ परेकाहरुमध्ये रुकमिना सुब्बालाई ५ लाख धरौटीमा छाड्न र अरु सबैलाई थुनामा पठाउन आदेश दिएको हो ।
सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएकोमा ३ जना फरार छन् । थुनामा पठाइएका मध्ये ७ जना चिनियाँ नागरिक हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै