असोज २२ गते देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
नेपाल बोली
१९ आश्विन २०८०, शुक्रबार
दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यावसायीबीच भएको सहमति अनुसार २२ असोजदेखि चार्डपर्व लक्षित टिकट बुकिङ खोल्ने सहमति भएको हो।
बर्षेनि दशैँ, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन्। एकैपटक यात्रुको चाप बढ्ने भएकाले व्यवस्थापनका लागि दसैंअघि अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ।
वर्षातका कारण बिग्रेका सडकहरु तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिव १५ दिन अगाडी नै निर्देशन दिइसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै