नेविसंघद्धारा त्रिवि सेवा आयोगमा तालाबन्दी – Nepalboli

नेविसंघद्धारा त्रिवि सेवा आयोगमा तालाबन्दी

   १९ आश्विन २०८०, शुक्रबार  

नेविसंघको त्रिवि समितिले त्रिवि सेवा आयोगमा ताला लगाएका छन । साथै नेविसंघले सेवा आयोग अध्यक्ष प्रा डा घनश्याम भट्टराई र सदस्य प्रा डा हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरेको घोषणा गरेका छन ।

त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाको बाँकी रहेको अन्तर्वार्ता र बढुवाको काम अगाडि बढाएपछि नेविसंघले ताला लगाएका हो । पूर्व त्रिवि सेवा आयोग अध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको कार्यकालमा खुला प्रतिस्पर्धाको शिक्षकहरुको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिँदा लिँदै नेविसंघले ताला लगाएपछि रोकिएको थियो ।

नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘विवादास्पद विज्ञापन र मूल्यांकनका आधारमा त्रिवि सेवा आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने हुँदा प्रकाशित अन्तरवार्ता लगायतका कार्यक्रम तत्काल स्थगित गरि छानबिनको प्रकृया अगाडि नबढाउञ्जेल सम्मका लागि त्रिवि सेवा आयोग अध्यक्ष प्रा डा घनश्याम भट्टराई र सदस्य प्रा डा हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरिएको साथै त्रिवि सेवा आयोगमा अनिश्चतकालीन तालाबन्दी भएको जानकारी गराउँदछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै