दसैँको मुखमा भाडा दर वृद्धि हुँदैन – मन्त्रालय
बढी भाडा असुले कारवाही हुने
सर्वसाधारण यात्रुको ढाँड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । तर भौतिक पूर्वाधार यातायात मन्त्रालयले दशैको मुखमा भाडा नबढने र चाडवाडको समयमा वढी भाडा असुल गरेमा कारवाही गर्ने प्रष्ट पारेके छ ।
मन्त्रालयका यातायात व्यवस्थापन शाखाका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठले भाडा दर बढाउनेबारे कुनै निर्णय भएको छैन बढाएको पाएमा कडा कारबाही गर्ने पैष्ट पारेका छन ।
अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडी बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । भाडा बृद्धि नभएकै कारण यातायात व्यवसायीहरुले दशैका लागी अग्रीम बुकिंग खुल्ला गरेका छैनन । सरकारले भने जनताको हितमा पनि व्यवसायी लाग्नुपर्ने भन्दै भाडा दरमा कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।
व्यवसायीले पहिलेदेखि नै सडकको अवस्थालाई जनाउँदै पटक पटक भाडा दर बढाउन माग गर्दै आए पनि आधार पुष्टि नभएको भन्दै मन्त्रालयले वृद्धि गर्न स्वीकृति दिएको छैन । दसैँ तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुका लागि सहुलियत दिनुपर्ने भएकाले अहिले भाडा बढाएर यात्रुलाई अप्ठ्यारो पार्ने मनसायमा सरकार नभएको श्रेष्ठले बताउनुभयो ।