सहकारीमा बचतकर्ताको ४ करोड बढी हिनामिना गर्ने अध्यक्ष नै पक्राउ – Nepalboli

सहकारीमा बचतकर्ताको ४ करोड बढी हिनामिना गर्ने अध्यक्ष नै पक्राउ

   १८ आश्विन २०८०, बिहीबार  

सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मंगलबार पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । एसपी अधिकारीले चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।

मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वाससाथ संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि उनले फिर्ता दिन आनाकानी गर्दै आएका थिए ।

आफूहरूको पैसा फिर्ता नभएपछि बचतकर्ताले प्रहरीमा चौलागाईंविरुद्ध जाहेरी दिएका थिए । ३९ वर्षीय चौलागाईं चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै