आजदेखि मौसममा क्रमिक सुधार हुने
नेपाल बोली
१८ आश्विन २०८०, बिहीबार
आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुन बहिर्गमनमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो।
नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र (मौसमी प्रणाली) को प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।
आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने मौसमविद् गोविन्द झाले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै