राष्ट्रसंघका महासचिव नेपाल आउँदै – Nepalboli

राष्ट्रसंघका महासचिव नेपाल आउँदै

   १७ आश्विन २०८०, बुधबार  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

महासचिव एन्टोनियो गुटेरेस २६ असोज (अक्टोबर ११) मा नेपाल आउन लागेको र तीन दिन याहा बस्ने कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीका सल्लाहकार गजुरेलका अनुसार उनी नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा एन्टोनियोको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै