नेपालगञ्जमा दिउँसो १ बजेदेखि लागु हुने अनिश्चितकालीन कर्फ्यु
नेपाल बोली
२०८० आश्विन १६, मंगलवार

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए।
केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो।
मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै