पशुपतिको जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव र कोषाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिको जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीपकुमार ढकाल र कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।
अख्तियारले बिगोका रुपमा उनीहरुले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७ माघ २९ गते खरिद गरेको ६४ केजी १६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी त्यस दिनको प्रतिग्रामको ७ हजार ८४४.५० को दरले १४ सय ९१.७१८ ग्राम सुनको पर्न मूल्य एक करोड सत्र लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा हिनामिना गरेको ठहर गरेको छ।
उनीहरु दुवैजनाविद्ध एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम मुद्दा चलाइएको हो।