नेपालका चार शैक्षिक संस्थाहरु र भारतको लखनऊ विश्वविद्यालय विचमा सहकार्य गर्ने सहमती – Nepalboli

नेपालका चार शैक्षिक संस्थाहरु र भारतको लखनऊ विश्वविद्यालय विचमा सहकार्य गर्ने सहमती

   १२ आश्विन २०८०, शुक्रबार  

लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा आलोक कुमार राई भन्छन – भारत–नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुन्छ

नेपालका राजऋषि जनक विश्वविद्यालय, क्वेस्ट इन्टरनेशनल कलेज, काठमाडौं डन बस्को कलेज र पोखराको नोभेल कलेजसँग भारतको लखनऊ विश्वविद्यालय बिच शैक्षिक तथा सांस्कृतिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा आलोक कुमार राई नेतृत्वको एक भारतीय शैक्षिक प्रतिनिधिमण्डलले नेपालका चार शैक्षिक संस्थाहरु सहकार्य गर्न सहमती गरेका छन । साथै भारतीय टोलीले नेपालका उच्च शिक्षा संस्थाहरुसँग द्विपक्षीय शैक्षिक तथा सांस्कृतिक कार्यशालाको आयोजना गरेका छन ।

शैक्षिक संस्थाहरुसँगको अन्तरक्रियाको पहिलो दिनको कार्यशालामा लुम्बिनी विश्वविद्यालय र राजऋषि जनक विश्वविद्यालयका उपकुलपतिसँग भारत र नेपालबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धको सम्भावनाबारे बृहत छलफल समेत भएको छ । उक्त अवसरमा उपकुलपति राईको प्रस्तावमा नेपालका उच्च शिक्षा संस्थाहरुले आपसी हितका क्षेत्रलाई पहिल्याउन र विद्यार्थीकेन्द्रीत शैक्षिक सहकार्य गर्न सहमती गरेका हुन ।

“भारत–नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुन्छ । तसर्थ हाम्रो शिक्षाले एकातिर मानव संसाधन र अर्कोतर्फ दुई देशको सामूहिक चेतनाका दिगो सम्बन्ध निर्माण गर्नेछ,” उपकुलपति राईले भन्नुभयो । “लखनउ विश्वविद्यालयले अनुसन्धान र साझा चासोको विचार विमर्शको माध्यमबाट सांस्कृतिक, शैक्षिक र वैज्ञानिक नीति निर्माणका लागि मञ्चको रुपमा भारत–नेपाल ल्याबको स्थापना गर्दैछ,” उहाँले भन्नुभयो ।

“कोमल मस्तिस्कलाई बुझि त्यसलाई यो जगतलाई सकारात्मक र आनन्दित ठाँउ बनाउनेतर्फ हाम्रो शिक्षाको उद्देश्य हुनुपर्छ । यो महान उद्देश्यलाई रचनात्मक विचार विमर्शका साथ साकार पार्न सकिन्छ,” उपकुलपति राईले भन्नुभयो ।

साझेदार संस्थाहरुले लखनऊ विश्वविद्यालयका प्रतिनिधिमण्डलले उठाएका विचारमा सहमति जनाउदै शैक्षिक, वैज्ञानिक र सांस्कृतिक साझेदारीमा सहकार्य गर्न सहमत भए । लखनऊ विश्वविद्यालयको नेपाली जनतासँग घनिष्ट सम्बन्ध रहेको छ । ठूलो संख्यामा नेपालका विद्यार्थीहरुले यस विश्वविद्यालयमा अध्ययन गरेको छन् । हाम्रो छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्ने ‘क्षितिज समन्वय १.१’ सँगै हामी हाम्रा नेपाली साझेदारहरुसँग रचनात्मक रुपमा हातेमालो गर्न प्रतिबद्ध छौं । “हाम्रो मानव संसाधन विकास केन्द्रमा हामी नेपाली साझेदारहरुका लागि तालिक र कार्यक्रम र कार्यशाला सुरु गर्नेछौं,” उपकुलपति राईले भन्नुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै