सरकारी डाक्टरको चरम बदमासी – शक्ति र पहुँचको आधारमा ८ सय डाक्टर काठमाडौ मै काजमा – Nepalboli

सरकारी डाक्टरको चरम बदमासी – शक्ति र पहुँचको आधारमा ८ सय डाक्टर काठमाडौ मै काजमा

   २०८० आश्विन १२, शुक्रबार  

एकजना डाक्टर १६ वर्षसम्म बिरामी भएको सर्टिफिकेट मेडिकल बोर्डबाट ल्याएर काठमाडौँमा बसिरहेको स्वास्थमन्त्री बस्नेतको जानकारी

आफनो भौतिक सुरक्षालाई लिएर आन्दोलन गरिरहेको डाक्टरहरु प्रति चातर्फी साहुनभुति देखिएको वेला शुक्रवार प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा संचार प्रविधि समितिको बैठकमा स्वास्थ मन्त्री मोहन बस्नेतले अनौठौ तथ्यांक प्रस्तुत गरेका छन । मन्त्री बस्नेतका अनुसार सरकारी सेवामा रहेका डाक्टरहरु शक्ति र पहुचको चरण दुरुपयोग गरिरहेको अवस्था छ ।

मन्त्री बस्नेतले पहुँचको भरमा मात्रै काज मिलाएर ८ सय हाराहारी सरकारी डाक्टर काठमाडौँमै काम गरिरहेको अवस्था वर्तमानमा छन । काठमाडौँका केही अस्पतालमा आवश्यकभन्दा बढी डाक्टरहरु समेत रहेको जानकारी मन्त्री बस्नेतले गराए भने कोही बिरामीको बहाना बनाएर वर्षौँदेखि काठमाडौँमा बसिरहेको बताए । वीर अस्पताल ट्रमा सेन्टरमा २० जना हाडजोर्नी सम्बन्धी चिकित्सक भए पुग्नेमा ४२ जना बसेको उनले बताए ।

यस्तै एकजना डाक्टर १६ वर्षसम्म बिरामी भएको सर्टिफिकेट मेडिकल बोर्डबाट ल्याएर काठमाडौँमा बसिरहेको पनि मन्त्री बस्नेतले जानकारी गराए ।

उनले भने–‘मान्छे बिरामी भएको भयै, अस्पतालमा गएको गयै, जागिर खाको खायै तर अन्त जान नमान्ने । बिरामीको सर्टिफिकेट दिने कस्तो लिने कस्तो ? यो बारेमा कुरा गर्दा यो डाक्टरको गल्ती हैन नि प्रशासनको गल्ती भने । म भन्छु यसमा लिनेको पनि गल्ती हो प्रशासनको पनि गल्ती हो ।’

डाक्टरहरु पहुँचवालाको आडमा काजमा रहने गरेको र आफूले मन्त्रीपरिषद् तथा आफ्नो दलमा पनि कुनै डाक्टरलाई काजमा लागि दबाब नदिन आग्रह गरेको बताए ।

उनले भने, ‘बेथिति भएका अस्पतालहरुमा ८ सय जति डाक्टरहरु काजमा मात्रै । मैले संसदमा पनि तपाईहरुसँग अनुरोध गरेँ, मलाई काजका लागि सिफारिस नगर्नुस् । मैले मन्त्रीपरिषद् र मेरै पार्टीमा गएर पनि भनेको छु मलाई यसबारे केही नभन्नुस् ।’

उनले गाउँमा गएका डाक्टरहरुले पनि सहरको सुख सुविधा खोजेर हडताल गर्न उकासेको बताए । मन्त्री बस्नेतले भने–‘अहिले सयौँ डाक्टरहरु गाउँमा हुनुहुन्छ अन्यथा नमान्नुहोला उहाँहरूले पनि अहिलेको हडताल गर्न उस्काइरहनुभएको छ । अप्ठेरो भयो, दुःख भयो, खाइपाई आएको ठाउँ छोड्नुपर्‍यो । अहिले पनि केही मान्छेहरु दुई महिनादेखि गयल भएर बस्नुभएको छ हामीले हाजिर गर्न दिएका छैनौँ । यो प्रक्रिया अलि अलि गर्दै सुधार गर्दै लगेका छौँ ।’

काम गर्न स्वास्थ्य उपकरण भएन भनेर गुनासो गर्ने चिकित्सक उपकरण भएका दुर्गम क्षेत्रमा भने नजाने समस्या रहेको बताए । जुन अस्पतालमा उपकरण फाजिलमा रहेको छ त्यस्ता स्वास्थ्य उपकरण नपुगेको अस्पतालमा पठाउने व्यवस्था गरेको मन्त्री बस्नेतको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै