दोलखामा ४ किलो सुन जस्तो धातुसहित पक्राउ परेका पाँच जना सार्वजनिक – Nepalboli

दोलखामा ४ किलो सुन जस्तो धातुसहित पक्राउ परेका पाँच जना सार्वजनिक

   २०८० आश्विन १२, शुक्रबार  

दोलखामा ४ किलो सुन जस्तो धातुसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले ४ किलो सुन जस्तो धातुसहित पाँच जनालाई पक्राउ गरेको हो । दोलखा बिगु गाउँपालिका- १ बस्ने १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ वर्षीय केशर तामाङ, ३० वर्षीय सुनमाला तामाङ र ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा छन् ।

पक्राउ परेकाहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा दोलखा जिल्ला अदालतबाट ८ दिन म्यान थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त धातु सुन हो वा होइन भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता तथा इन्स्पेक्टर धर्मेसकुमार यादवले बताए ।

परीक्षण गरेपछि मात्रै यसको थप विवरणहरु सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै