विश्व पर्यटन दिवसको मौका पारेर भारतबाट सात सय २३ बढी धार्मिक पर्यटकको नेपाल आवागमन – Nepalboli

विश्व पर्यटन दिवसको मौका पारेर भारतबाट सात सय २३ बढी धार्मिक पर्यटकको नेपाल आवागमन

   ११ आश्विन २०८०, बिहीबार  

विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् । उनीहरू लुम्बिनीको दर्शन पश्चात जनकपुरको जानकी मन्दिरको दर्शन गरेर असोज ९ गते मङ्गलबार काठमाडौँ आएका हुन् ।

७२३ भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पटकहरु नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् ।

भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभलमार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको छ । यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए ।

त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् । भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौँका विभिन्न होटलहरुमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले ७२३ भारतीय पर्यटकहरूमा भारतमा नै बसोबास गर्नेभन्दा पनि भारतबाट अमेरिका लगायतमा गएर बस्ने नागरिकहरू रहेको बताउनुभयो । उहाँले नेपालका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई विश्वमा चिनाउने काम गर्ने जानकारी दिनुभयो । उहाँले धार्मिक तथा अन्य पर्यटकहरू वृद्धि गर्नको लागि राज्यले प्राथमिकता दिएर सडकहरूलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

निर्देशक सापकोटाले अहिले पर्यटकहरूका लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै सुधार गर्न माग गर्नुभयो । उहाँले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नको लागि निजी क्षेत्र सधैँ लागि रहेको भन्दै भारतीय ७२३ जना पहिलो भएको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नसके होटल क्षेत्रको लागि राम्रो हुने बताउनुभयो ।

त्यस्तै, भारतीय धार्मिक पर्यटक राजेन्द्र ठक्करले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न आएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक र धार्मिक रूपमा सुन्दर रहेको पाएको जिकिर गर्नुभयो । उहाँले नेपालमा १३ दिनको धार्मिक यात्राका लागि आएको जानकारी दिनुभयो । उहाँले नेपाल पर्यटकीय हिसाबमा धेरै राम्रो रहेको बताउनुभयो । भारतदेखि ५२ वटा सवारी साधनमा यात्रुहरू रहेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन चार लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो महिनामा महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएको पर्यटन आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको सङ्ख्या २६ हजार ६६५ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै