वसन्तपुरमा इन्द्रजात्रा मनाईदै – Nepalboli

वसन्तपुरमा इन्द्रजात्रा मनाईदै

   ११ आश्विन २०८०, बिहीबार  

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाइँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ। मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो।

नेवारले समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्।

इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुरमा भीभीआईपीहरू हिँडेरै पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका छन्।

उनीहरू न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेर पुुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै