राष्ट्रपति रामचन्द्र पौडेललाई असोज ८ गते जनकपुरमा नागरिक अभिनन्दन – Nepalboli

राष्ट्रपति रामचन्द्र पौडेललाई असोज ८ गते जनकपुरमा नागरिक अभिनन्दन

   १ आश्विन २०८०, सोमबार  

राष्ट्रपति रामचन्द्र पौडेललाई ८ असोजमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलको यो पहिलो नागरिक अभिनन्दन हुनेछ । गएको २५ फागुनमा पौडेल नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिमा पौडेल निर्वाीचत भए पछि गएको जेठ १७ गते मन्त्रीपरिषदको सिफारिस नागरिकता विद्येयक प्रमाणीकरण गरेका थिए । त्यस अघि दुवै सदनले दुुई पटक सम्म उक्त विद्येयक पारित गरेर तात्कालिन राष्ट्रपति विद्यादृवी भण्डारी काहा पठाए पनि उनले प्रमाणीकरण गरेका थिएन । तर राष्ट्रपति पौडेलले गएको जेठ १७ गते उक्त विद्येयक प्रमाणीकरण गरेसगै तराई मधेशमा दिपावली मनाईएको थियो भने त्यसलाई साकारात्मक रुपमा लिईएको थियो ।

नागरिकता विद्येयक प्रमाणीकरण लगत्तै जनकपुरमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तयारी सुुरु भए पछि राष्ट्रपति अस्वस्थ भएका कारण त्यो त्यती वेला हुन सकेको थिएन ।

पछिल्लो समयमा राष्ट्रपतिको स्वास्थयमा सुधार हुदै गए पनि जनकपुरमा उनलाई नागरिक अभिनन्दन गर्न लागीएको छ । ८ असोजमा हुने राष्ट्रपतिको नागरिक अभिनन्दनका लागी जनकपुरमा तीव्र तयारी चलीरहेको सरोकारवालाहरुले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै