सभामुख देवराज घिमिरे आयरल्यान्ड भ्रमणका लागी प्रस्थान

सभामुख देवराज घिमिरे आयरल्यान्डको औपचारिक भ्रमणमा निस्किएका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार बेलुकी आयरल्यान्डको भ्रमणमा गएका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरे असोज ५ गतेसम्म आयरल्यान्डमा रहनेछन् । भ्रमण टोलीमा सभामुख घिमिरे, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
सभामुख नेतृत्वको प्रतिनिधिमण्डलमा आयरल्याण्डका लागि नेपालका गैरआवासीय राजदूतावास, लण्डनका द्वतीय सचिव रामबाबु नेपाल पनि सहभागी हुने जनाइएको छ ।
सभामुख घिमिरे आयरल्याण्डको तल्लो सदनका सभामुखको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् ।