जनमत पार्टीका अध्यक्ष सिके राउत अमेरिका भ्रमणमा निस्किए – Nepalboli

जनमत पार्टीका अध्यक्ष सिके राउत अमेरिका भ्रमणमा निस्किए

   ३१ भाद्र २०८०, आईतवार  

रास्पा र काग्रेसका एक एक सांसद पनि अमेरिका तर्फ उडे

जनमत पार्टी अध्यक्ष सिके राउत अमरिका भ्रमणमा निस्किएका छन । शनिवार राती काठमाडौ वाट अमेरिकाका लागी उडेका राउत दुई हप्ता पछि नेपाल फर्कने कार्यक्रम रह्को सो पार्टीले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेको दिन राउत पनि उत्तैतिर लागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र कांग्रेस सांसद रुपा विश्वकर्मा अमेरिका प्रस्थान गरेका हुन् । उनीहरु गएराती कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका लागेका हुन् ।

सांसदहरु अहिले विदेश भ्रमणमा जाने क्रम ह्वातै बढेको छ । भोलिमात्रै पनि सभामुख देवराज घिमिरेकै नेतृत्वमा एउटा टोली आयरल्यान्ड जाने कार्यक्रम रहेको छ । आगामी सातातिर फेरि संसदको कृर्षि समितिका सभापति डा आरजु राणा देउवा नेतृत्वको टोली बंगलादेश जाने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै