प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया बारेमा विदेशी निकायहरुसंग सहयोग मागिन्छन- माओवादी – Nepalboli

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया बारेमा विदेशी निकायहरुसंग सहयोग मागिन्छन- माओवादी

   ३० भाद्र २०८०, शनिबार  

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको माओवादीले जनाएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

सापकोटाले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निस्कर्षमा पु¥याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको पनि बताएका छन् ।

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुर्‍याउन र घोषणा गर्न बाँकी मात्र हो।’ तर यसलाई टुंगोमा पुर्‍याउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए।

सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौ, भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताए ।

प्रवक्ता सापकोटाले शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पु¥याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताए ।

माओवादीले सरकारले थालेका भ्रष्टाचारबिरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पु¥याउन दबाब दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै