अझै २० वर्ष सक्रिय राजनिती गर्छु – एमाले अध्यक्ष ओली – Nepalboli

अझै २० वर्ष सक्रिय राजनिती गर्छु – एमाले अध्यक्ष ओली

   २०८० भाद्र ३०, शनिबार  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने तर सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताएका हुन्।

‘२० वर्षपछि तपाइँको अनुपस्थिति हुँदै गर्दा त्यतिखेर देशमा कस्तो नेतृत्व हुनुपर्छ ?’ भन्ने एक विद्यार्थीको प्रश्नमा ओलीले २० वर्षमै आफू निष्क्रिय नहुने बताए।

‘अझै २० वर्ष सक्रिय राजनीतिमा रहने विचार गरेको छु,’ उनले भने, ‘२० वर्ष सक्रिय रहनुको मतलब २० वर्ष नै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्वमा रहेकाहरूलाई सहयोग गर्छु सक्रिय रहेर।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै