मन्त्रीपरिषदद्धारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, संविधान दिवसमा पदक वितरण नगर्ने निर्णय – Nepalboli

मन्त्रीपरिषदद्धारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, संविधान दिवसमा पदक वितरण नगर्ने निर्णय

   २९ भाद्र २०८०, शुक्रबार  

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ ।

चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण स्विकृत संगै सरकारले संविधान दिवसको अवसरमा हुने गरेको विभूषण वितरण कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ । बैठकले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ।

शुक्रवार बसेको मन्त्रीपरिषद बैठकका अन्य निर्णय

सिँचाइ नीति, २०८० स्वीकृत गर्ने।

संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने।

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने।

सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै