प्रधानमन्त्रीद्धारा आफनो विदेश भ्रमण बारे संसदलाई जानकारी, चीनमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अलग-अलग राज्यमा भेटने – Nepalboli

प्रधानमन्त्रीद्धारा आफनो विदेश भ्रमण बारे संसदलाई जानकारी, चीनमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अलग-अलग राज्यमा भेटने

   २९ भाद्र २०८०, शुक्रबार  

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा प्रतिनिधीसभालाई जानकारी दिएका छन । प्रतिनिधीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भोली देखि हुने अमेरिका र त्यतैवाट असोज ५ देखि हुने चीन भ्रमण वारेमा जानकारी दिएका छन ।
संसदमा बोल्दै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई अलग अलग राज्य र मितिमा भेट्ने कार्यक्रम तय भएको जानकारी दिएका छन। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराउँदै राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङजाओमा भेट गर्ने कार्यक्रम तय भएको उनले बताए। त्यस्तै प्रधानमन्त्री ली छाङसँग भने बेजिङमा भेट हुने प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी दिए।

उनका अनुसार चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुनेछ। लगत्तै उनी १९औँ एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन्।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षी लीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले जानकारी गराए। त्यस्तै चोङकिङ महानगरका साथै तिब्बत भ्रमण समेत गर्ने उनले जानकारी दिए। भेटमा नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुने उनको भनाइ छ। त्यस्तै कोभिड महामारीपछि बन्द रहेका सीमा खोल्ने र अन्य सीमाहरूको विषयमा पनि कुराकानी हुने जानकारी उनले दिए।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर ५ असोजमा न्युयोर्कबाटै चीन जाने कार्यक्रम तय भएको उनले सदनमा बताए।

बैठक १४ असोज सम्मका लागी स्थगीत
प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराए।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।  शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेका थिए। मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभा बैठकले स्वीकृत गर्‍यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै