आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल बोली
२९ भाद्र २०८०, शुक्रबार
प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्।
त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै