पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना – Nepalboli

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

   २५ भाद्र २०८०, सोमबार  

पूर्वराष्ट्रपति डा रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन्।

वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पूर्वराष्ट्रपति यादवको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराएका छन्।

यस्तै राष्ट्रपति यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै रहने जानकारी दिइएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै