चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत – डा शशांक कोइराला – Nepalboli

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत – डा शशांक कोइराला

   २४ भाद्र २०८०, आईतवार  

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा बेहोरिरहेको बताएका थिए।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता डा कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताएका हुन्।

‘चीन र भारत दुवै मित्र हुन्’, उनले भने, ‘काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हो।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै