काठमाडौमा बीपी साहित्य महोत्सव सुुरु – Nepalboli

काठमाडौमा बीपी साहित्य महोत्सव सुुरु

   २४ भाद्र २०८०, आईतवार  

नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा पार्टी मुख्यालय सानेपामा तीनदिने ‘बीपी साहित्य महोत्सव’ सुरू भएको छ । आइतबारदेखि सुरू भएको बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले बीपीको बहुआयमिक व्यक्तित्व र प्रतिभाको चर्चा गरेका थिए ।देउवाले बीपीको ११० औं जन्मजयन्तीको सन्दर्भमा कांग्रेस कार्यालयको आकाशमा ११० वटा बेलुन उडाएर महोत्सवको उद्घाटन गरेका थिए ।

बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् ।

लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् । मार्क्स, गान्धी र बीपीका लोकतान्त्रिक समाजवादको खोजीको विषयमा आनन्दकुमारको प्रस्तुति रहनेछ । ‘परिवारले बुझेका बीपी’ शीर्षकको सेसनमा शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइराला मुख्य वक्ता रहनेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै