मोरक्कोमा शक्तिशाली भूकम्प जादा ३ सय भन्दा धेरैको मृत्यु – Nepalboli

मोरक्कोमा शक्तिशाली भूकम्प जादा ३ सय भन्दा धेरैको मृत्यु

   २३ भाद्र २०८०, शनिबार  

अफ्रिकी मुलुक मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ३ सय भन्दा धेरैको मृत्यु भएको छ । देशको मध्य भागमा केन्द्र बनाएर गएको भूकम्का कारण सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्पले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ ।

पहाडी क्षेत्रमा बढी क्षति पुगेको छ । माराकेश र अन्य शहरमा मानिसहरुले खुला स्थानमा आश्रय लिइरहेको बीबीसीले जनाएको छ ।

सामाजिक संजालमा आएका भिडियो क्लिपमा क्षतिग्रस्त भवन र भग्नावशेष देखिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै