थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलको टिकट अब अनलाइनबाट लिन सकिने – Nepalboli

थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलको टिकट अब अनलाइनबाट लिन सकिने

   २० भाद्र २०८०, बुधबार  

काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलको टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। ६४औं वार्षिकोत्सव मनाइरहेको अस्पतालले बुधबारदेखि लागू हुनेगरी अनलाइन टिकटको व्यवस्था सुरु गरिएको जनाएको छ।

अस्पतालले बुधबारदेखि अनलाइन टिकटका साथै थप एक/एक वटा बिलिङ र टिकट काउण्टर समेत सञ्चालनमा ल्याएको छ। स्त्रीरोग अस्पालले फार्मेसी काउण्टर समेत थप गरेको छ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए। उनले मुलुकको एकमात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टिकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए।

निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/०८० मा कुल ३४ हजार १८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै