जनकपुरमा क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो
![](https://www.nepalboli.com/wp-content/uploads/2023/09/kalo-moso.jpg)
क्रिश्चियन धर्मको प्रचार गरिरहेको महिला पुरुषलाई जनकपुरमा हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् । जनकपुरधामको परिक्रमा सडकमा ती महिला र पुुरुष क्रिश्चियन धर्मको प्रचार गर्दै थिए । नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।
हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको कालोमोसो दलेका समुहले जानकारी दिएका छन ।
कालोमोसो दलीएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।