सरुवामा जालझेल – यो बर्ष सरुवा गरिएका २५० प्रशासकिय अधिकृत मध्ये १५० मात्र पुगे कार्यक्षेत्रमा – Nepalboli

सरुवामा जालझेल – यो बर्ष सरुवा गरिएका २५० प्रशासकिय अधिकृत मध्ये १५० मात्र पुगे कार्यक्षेत्रमा

   १९ भाद्र २०८०, मंगलवार  

स्थानिय तहरुमा प्रमुख प्रशसकिय अधिकृत पुुग्न नपाएर धेरै जसो विकासका कामहरु प्रभावित भईरहेको समचार आईरह्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवामा जालभेल देखिएको छ । यो बर्ष मात्रै सरकारले २५० कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानिय तहहरुमा सरुवा गरेका थिए । तर त्यस मध्ये एक सय अधिकृत स्थानिय तहमै नपुुगेर मन्त्रालयमै बसीरहे ।

गएका मध्ये पनि कतिपयले विभिन्न बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्केका छन । खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबैभन्दा ठुलो चुनौती बन्दै गएको छ । मन्त्रालयले गत असारमा कर्मचारी सरुवा व्यवस्थापन गर्न कार्यदल निर्माण गरी सो कार्यदलले दिएको सिफारिसका आधारमा कर्मचारी सरुवा गर्दै आएको छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले सरुवा प्रणाली स्पष्ट र पारदर्शी नहुँदा कर्मचारी खटाएको ठाउँमा जान नमान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरुवा निष्पक्ष भएको छ भन्ने कुरामा सरुवा गरिएका कर्मचारीलाई पटक्कै विश्वास नहुँदा कर्मचारी सरुवा गरिएको ठाउँमा जान नमानेका हुन् ।”

सरुवा कुनै स्वीकृत मापदण्डमा आधारित भएर नगरिनु, सरुवामा कसैलाई काखा र कसैलाई पाखा गरिएको धारणा विभिन्न समयमा सार्वजनिक भइरहनु, राजनीतिकर्मीको दबाब र प्रभावमा सरुवा गर्ने प्रवृत्ति कायम रहनु, सबै सरकारी कार्यालयलाई समान रूपमा अधिकार, सुविधा र हैसियत प्रदान नगरिनु बरु विभेदको अनुभूति गराइनुले कर्मचारी खटाइएको ठाउँमा नगएको उहाँको विश्लेषण छ ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले खटाउने व्यवस्था गरेको छ । निजामती सेवा ऐनमा एउटा कार्यालयमा न्यूनतम दुई वर्षसम्म बसेर सेवा गर्न सकिने भन्ने व्यवस्था भए पनि स्थानीय तहमा भने यो व्यवस्था खासै कार्यान्वयमा आएको छैन । साउन र भदौ कर्मचारीको सरुवाको समय भएकाले अहिले मन्त्रालयले कर्मचारी सरुवा गर्ने कार्यलाई तीव्र पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै