एमसीसी अनुगमन गर्न एकीकृत समाजवादीद्धारा पाच सदस्यीय अनुगमन समिति गठन – Nepalboli

एमसीसी अनुगमन गर्न एकीकृत समाजवादीद्धारा पाच सदस्यीय अनुगमन समिति गठन

   १८ भाद्र २०८०, सोमबार  

नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ । अनुुगमन समितिले ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको र संसदीय अनुगमनका लागि दबाब दिने एकिकृत समाजवादीका पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेका छन् । अर्का एक सदस्य भने विषयविज्ञ रहने खतिवडाले बताए ।

एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै