त्रिभुवन विमानस्थलबाट २.३४८ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ – Nepalboli

त्रिभुवन विमानस्थलबाट २.३४८ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

   २०८३ मंसिर १०, बुधबार  

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित दुई चिनियाँ महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अर्थात् करिब २ किलो ३४८ ग्राम सुन बरामद भएको हो ।

पक्राउ परेका दुवै जना क्याथे प्यासेफिक एयरलाइन्सको उडानमार्फत गएराति काठमाडौं आएका थिए । विमानस्थलमा जाँचका क्रममा उनीहरूलाई अवैध सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । सुन कहाँबाट ल्याइएको र यसको गन्तव्य कहाँ थियो भन्नेबारे भने विस्तृत विवरण खुल्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै