भारतीय राजदूत दलेलासँग परराष्ट्रमन्त्री खनालको भेट, सम्बन्ध थप गहिरो बनाउने विषयमा छलफल – Nepalboli

भारतीय राजदूत दलेलासँग परराष्ट्रमन्त्री खनालको भेट, सम्बन्ध थप गहिरो बनाउने विषयमा छलफल

   २०८३ मंसिर १, सोमबार  

काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलासँग भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउने विषयमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा भेटवार्ता केन्द्रित रहेको मन्त्रालयको भनाइ छ ।

नवनियुक्त भारतीय राजदूत दलेलाको नेपालमा कार्यकाल सुरु भएपछि परराष्ट्रमन्त्रीसँग भएको यो भेटलाई दुई देशबीचको नियमित कूटनीतिक सम्पर्कका रूपमा हेरिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै