भोटेकोशी बाढीका बेपत्ता ५३९ परिवारको डीएनए नमुना संकलन – Nepalboli

भोटेकोशी बाढीका बेपत्ता ५३९ परिवारको डीएनए नमुना संकलन

   २०८३ भाद्र १७, बुधबार  

काठमाडौं— रसुवाको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूका परिवारबाट बुधबार दिउँसो ५ बजेसम्म ५३९ वटा डीएनए नमुना संकलन गरिएको छ ।

नेपाल प्रहरी अस्पतालले बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकको शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरु गरेसँगै ठूलो संख्यामा आफन्तहरू नमुना दिन अस्पताल पुगेका हुन् ।

अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार आफन्तले परिचय खुल्ने कागजात र दुई प्रति फोटो लिएर आएमा अस्पतालमै फाराम भरेर नमुना दिन सक्नेछन् । संकलित नमुना विधि विज्ञान प्रयोगशाला र नास्टमा पठाइनेछ ।

पहिचानका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाको रगत आवश्यक पर्ने र विदेशमा रहेका आफन्तले उतै परीक्षण गराएर सफ्टकपी प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै