बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा निस्किए प्रधानमन्त्री बालेन – Nepalboli

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा निस्किए प्रधानमन्त्री बालेन

   २०८३ भाद्र ११, बिहीबार  

काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन् । उनीहरू बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् ।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । बाढीको प्रभाव नुवाकोटलगायत आसपासका जिल्लामा समेत परेको छ ।

प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका क्रममा बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै