सांसद इन्दिरा राना र एमाले नेता थापाका सात शब्द संसद्को अभिलेखबाट हटाइयो – Nepalboli

सांसद इन्दिरा राना र एमाले नेता थापाका सात शब्द संसद्को अभिलेखबाट हटाइयो

   २०८३ भाद्र ८, सोमबार  

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेका सातवटा शब्द तथा अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुवै सांसदले प्रयोग गरेका अमर्यादित तथा अनावश्यक शब्द अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले भदौ १ गतेको बैठकमा सांसद राना मगरले बोल्ने क्रममा प्रयोग गरेका भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिए ।

त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दसमेत अभिलेखबाट हटाउन निर्देशन दिइएको छ ।

सभामुखको निर्देशनपछि उक्त शब्द तथा अभिव्यक्तिहरू प्रतिनिधिसभाको आधिकारिक अभिलेखबाट हटाइने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै