आत्मदाह घटनापछि छानबिन समितिको सिफारिस : विद्यालयमा ट्राफिक पाठ्यक्रमदेखि राइड सेयरिङ कानुनसम्म – Nepalboli

आत्मदाह घटनापछि छानबिन समितिको सिफारिस : विद्यालयमा ट्राफिक पाठ्यक्रमदेखि राइड सेयरिङ कानुनसम्म

   २०८३ भाद्र ७, आईतवार  

काठमाडौं— राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह घटनापछि गठित छानबिन समितिले ट्राफिक व्यवस्थापन र राइड सेयरिङ सेवामा व्यापक नीतिगत सुधार गर्न सरकारलाई सुझाव दिएको छ । समितिले ट्राफिक नियम विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नेदेखि राइड सेयरिङसम्बन्धी छुट्टै कानुन तत्काल निर्माण र कार्यान्वयन गर्न सिफारिस गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समितिको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रगति विवरण गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा पठाउन निर्देशन दिएको छ ।

समितिले ट्राफिक नियम, नागरिकको दायित्व र नैतिक शिक्षालाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गरी नियमित अध्ययन–अध्यापन गराउनुपर्ने जनाएको छ । साथै, ट्राफिक नियम पालना संस्कृतिको विकासका लागि देशव्यापी नागरिक सचेतना अभियान सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा ट्राफिक वा नगर प्रहरीको व्यवहारप्रति गुनासो भए सहज रूपमा उजुरी दिने तथा जरिबानामाथि पुनरावलोकन गर्न पाउने संयन्त्र (ट्राफिक अदालत( स्थापना गर्न सिफारिस गरिएको छ। गल्तीको प्रकृति र व्यक्तिको आर्थिक अवस्थालाई समेत विचार गरेर कानुनी रूपमा लचिलो कारबाही गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै