बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति पौडेलको बधाई – Nepalboli

बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति पौडेलको बधाई

   २०८३ भाद्र ६, शनिबार  

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

बधाई सन्देशमा राष्ट्रपति पौडेलले नेपाल–बङ्गलादेशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले दुई देशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्ध र विद्यमान बहुआयामिक सहकार्यलाई आगामी दिनमा अझ प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै