सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ – Nepalboli

सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ

   २०८३ श्रावण २०, बुधबार  

सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो नियमित चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको छ ।

बरामद नगदसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै