म्याग्दीमा एकतारे खोलाले बगाउँदा भैँसीसहित ३५ वर्षीय पुरुष बेपत्ता – Nepalboli

म्याग्दीमा एकतारे खोलाले बगाउँदा भैँसीसहित ३५ वर्षीय पुरुष बेपत्ता

   २०८३ श्रावण १९, मंगलवार  

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार रघुगङ्गा गाउँपालिका–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा घर्तीलाई खोलाले बगाएको हो ।

स्थानीयवासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि सोमबार साँझदेखि नै खोजी अभियान सञ्चालन गरिएको भए पनि हालसम्म उनको अवस्था खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार मंगलबार बिहानदेखि पुनः खोजी कार्यलाई तीव्र बनाइएको छ ।

प्रहरीले स्थानीयवासी र सम्बन्धित निकायसँगको समन्वयमा बेपत्ता घर्तीको खोजी जारी रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै