रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार हुने भएको छ। चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश पराजुलीले प्रशासनलाई जानकारी दिए।
पराजुलीका अनुसार शपथ ग्रहणपछि केन्द्रीय समिति बैठक समेत बस्ने तयारी गरिएको छ। बैठकमा पार्टीका मनोनित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मनोनयनलगायत समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।